काठमाण्डौ । माछापुच्छ्रे बैंकको स्याङ्जा शाखाले आँधिखोला गाउँपालिका–१ पञ्चम्रलमा आफ्नो शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। 

जिल्ला सदरमुकाम स्याङजा बजारबाट टाढा रहेको र दूरदराजका ग्रामीण भेगमा समेत बैंकिङ सेवा गर्ने उद्देश्यअनुरुप सेवा विस्तार गरिएको बैंक शाखाका प्रबन्धक सागर काफ्लेले बताए। उक्त शाखारहित शाखाको आधिकारिक व्यक्तिको जिम्मा स्थानीय शक्ति ढकाललाई दिइएको बैंकले जनाएको छ। 

गत शुक्रबार जनप्रिय माविमा आयोजित एक औपचारिक कार्यक्रमबीच उक्त सेवाको उद्घाटन गरिको थियो। यसअन्तर्गत बैंकले शाखाबाट प्रदान गर्ने अधिकांश सेवाहरु सेवाग्राहीले शाखारहित बैंकिङ सेवाबाट दुरुस्तै सहज रुपमा उपभोग गर्न सक्ने शाखा प्रबन्धक सागर काफ्लेको भनाइ छ। जसअन्तर्गत खाता खोल्न, रकम जम्मा र भुक्तनी गर्न, रेमिट्यान्स भुक्तानी, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको सेवा सुचारु गर्नसमेत सकिनेछ। बैंकले यो सेवा यसअघि नै सेतीदोभान र पेल्काचौरमा समेत शाखा विस्तार गरिसकेको छ।