– भक्तराज रसाइली
काठमाण्डौ । पूँजीबजारमा देखिएको संकट निवारणसहित विभिन्न माग राख्दै स्वतन्त्र लगानीकर्ताहरुले बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कार्यालय बिहीबार घेराउ गरेका छन् ।
पूर्वनिर्धारण कार्यक्रमअन्तर्गत स्वतन्त्र लगानीकर्ताहरुले नेप्सेको कार्यालय घेराउ गरेका हुन् । अर्थ मन्त्रालयद्वारा डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यलयलले गत असार मसान्तभित्र गर्नुपर्ने गरी तोकिएको ५८ बुँदे कार्यहरु कार्यान्वयन नगरेकोले अहिले पूँजीबजारमा गम्भीर संकट आएको निष्कर्ष निकाल्दै गत बुधबार भेला भएका स्वतन्त्र लगानीकर्ताहरुले विभिन्न तीनबुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका थिए ।
सोही घोषित कार्यक्रमअन्तर्गत सरकारलाई दबाब दिन स्वतन्त्र लगानीकर्ताहरुले बिहीबार नेप्सेको कार्यालय घेराउ गर्न पुगेका हुन् । स्थिति तनावपूर्ण हुन नदिन नेप्सेको कार्यालयबाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्वतन्त्र लगानीकर्ताहरुले ३५ खर्बको पूँजीबजारमा क्षति भएर १४ अर्बमा झरिसक्दा पनि अर्थतन्त्रमै ठूलो संकट आइसक्दा झन उल्टो नीति र व्यवहार प्रदर्शन गरेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
त्यस्तै गत भदौ मसान्तसम्म उक्त ५८ बुँदे कार्यान्वयनमा गर्न गराउन अर्थ मन्त्रालयलाई दिइएको समयसीमा नाघेको भन्दै लगानीकर्ताहरुले नाराबाजी गरेका थिए । आफ्ना मागहरु पूरा नभए कडा आन्दोलनमा उत्रन बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago