काठमाण्डौ । स्वदेशी लघुुवित्त बित्तीय संस्थाको नाफा र प्रतिसेयर आम्दानीतर्फ पहिरो गएको छ । 

सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको यो लघुवित्त संस्थाको नाफातर्फ निकै ठूलो पहिरो गएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ लाख ६७ हजार रुपैयाँ रहेको खूद नाफा घटेर चालुु आर्थिक वर्षको पहिलो त्रैमाससम्म घटेर २६ लाख २४ हजारमा सीमित बन्न पुुगेको हो । 

संचालन खर्चमा भएको अचाक्ली वृद्धिले नाफामा संकुचन आएको हो । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ७३ लाख रुपैयाँमा सीमित अन्य संचालन खर्च समीक्षा अवधिमा बढेर १ करोड माथि पुुगेको छ । 

स्वदेशी लघुवित्तले समीक्षा अवधिमा ४१ करोड निक्षेप संकलन गरी तथा १ अर्ब २६ करोड सापटी लिई १ अब ६४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १६ करोड ५६ लाख निक्षेप संकलन गरी तथा ८४ करोड ३० लाख सापटी लिई ९१ करोड ७१ लाख कर्जा परिचालन गरेको थियो । 

स्वदेशीले जगेडाकोषलाई पनि थप मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ९९ लाख रुपैयाँ रहेको कोषमा ३ करोड ११ लाख पुुगेको छ । 

समीक्षा अवधिमा स्वदेशीको निस्क्रिय कर्जा दर पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ०.७१ प्रतिशत रहेको निस्क्रिय कर्जा बढेर समीक्षा अवधिमा १.८० प्रतिशत पुुगेको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३०.६७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानीमा पहिरो गई समीक्षा अवधिमा १०.५० पैसामा सीमित बन्न पुुगेको छ । यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.११ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य १९३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.०१ गुणा कायम भएको छ ।