काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा ४.६७ प्रतिशतले बढेको छ। 

मंगलबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७ करोड ७६ लाख खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ७ करोड ४२ लाख रुपैयाँ थियो।

संस्थाको सञ्चालन मुनाफा घटेर ५ करोड ७ लाख रुपैयाँमा खुम्चिएको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म ९ करोड ९३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने २४.८० प्रतिशतले बढेर २५ करोड ४२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २० करोड ३७ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले १ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष संस्थाले १ अर्ब २५ करोड निक्षेप संकलन गरी २ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाको रिजर्भको आकार ७.९७ प्रतिशतले बढेर १२ करोड १९ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भको आकार ११ करोड २९ लाख रुपैयाँमा सीमित थियो। 

संस्थाको चुक्तापुँजी ३४ करोड १६ लाख रुपैयाँ रहेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२.७४ रुपैयाँ रहेको छ। पीई रेसियो ४०.५९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३५.७१ रुपैयाँ रहेको छ।