काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ३४ करोड १६ लाख १२ हजार १२० रुपैयाँको कुल १३.९७१ प्रतिशतले हुन आउने ४ करोड ५३ लाख ४२ हजार १७७ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १३.२७३ प्रतिशतले हुन आउने ४ करोड ५३ लाख ४२ हजार १७७ रुपैयाँबराबरको बोनस सेयर र ०.६९८ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ।