काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको हिजो शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २९ गते शनिबार आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.०४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.३९ प्रतिशतले हुन आउने बोनस सेयर र ०.६५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

सोही सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रयोजनका आवश्यक सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही फागुन १५ गतेदेखि फागुन २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १४ गतेसम्म कायम सेयरधनीहरुमात्र यो संस्था प्रस्ताव गरेको लाभांश पाउन र आयोजना गर्न लागेको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।