काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकांश सूचकमा आकर्षक प्रगति गरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा स्वरोजगार लघुवित्तको नाफा १५ करोड ४३ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६९.६३ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ६०५.०४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा १ करोड ९५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकोमा समीक्षा अवधिमा बढेर १३ करोड ८० लाख रुपैयाँ पुगेको छ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३३.९३ प्रतिशतले बढेर ३४ करोड २ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा खुद ब्याज आम्दानी २५ करोड ४० लाख रुपैयाँ रहेको थियो। 

संस्थाले समीक्षा अवधिमा २ अर्ब ३७ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ५६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब ४० करोड रुपैयाँ सापटी लिई ३ अर्ब १७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

संस्थाको रिजर्भको आकार ८८.७९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १० करोड ९८ लाख रुपैयाँ रहेको रिभर्जको आकार समीक्षा अवधिमा बढेर २० करोड ७३ लाख रुपैयाँको उचाइमा पुगेको छ।

चुक्तापुँजी ४१ करोड १२ लाख रुपैयाँ संस्था प्रतिसेयर आम्दानी (ईपीएस) १४.७९ रुपैयाँबाट बढेर ३७.५२ रुपैयाँ पुगेको छ। पीई रेसियो ३९.९८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५०.४२ रुपैयाँ रहेको छ।