काठमाण्डौ । मुख्य वित्तीय सूचकमा सन्तोषजनक प्रगति गर्दै स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा २३.१७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ४२ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ३४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ७ करोड ९४ लाख रुपैयाँ बढी कमाउन सफल भएको छ । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी १ अर्ब ६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ८६ करोड ५२ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा ६६ करोड २९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ५३ करोड ८६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ४ करोड ९२ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ५ करोड १५ लाख रुपैयाँ थियो । 

यस अवधिमा संस्थाले ५ अर्ब ८० करोड रुपैयाँ सापटी लिई १४ अर्ब ४० करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ३ अर्ब ८४ करोड रुपैयाँ सापटी लिई १० अर्ब १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ६२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी पनि ६२ लाख ८८ रुपैयाँ नै थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ६०.१४ प्रतिशतले घटाएको छ । अघिल्लो वर्ष ७० करोड २४ लाख रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । 

संस्थाको प्रतिसेयर आम्दानी ६७.१९ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १३.०२ गुणा, प्रतिसेयर नेटवर्थ २७८.८९ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५७३ रुपैयाँ रहेको छ ।