काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार संस्थाले अघिल्लो वर्षको तुलनामा १९१.७ प्रतिशतले ४२.४७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । समीक्षा अवधिमा संस्थाले १२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले ८ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको सञ्चालन मुनाफा प्रथम त्रैमासमा १९ करोड ३७ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा १३ करोड ४५ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ३२ करोड ६ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष २४ करोड ५३ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

प्रथम त्रैमासमा संस्थाले ७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ४ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ६ अबै १५ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार १२३.४२ प्रतिशतले बढाएको छ । गत वर्ष १ अर्ब ८२ लाख रुपैयाँ रहेको रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा बढेर १ करोड ३६ लाख रुपैयाँ पुगेको छ । 

संस्थाको चुक्ता पुँजी ६२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी ५० करोड ३१ लाख रुपैयाँ थियो ।

संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी ७७.६२ रुपैयाँ र पीई रेसियो ११.७९ रुपैयाँ रहेको छ ।