काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १३ गते वार्षिक साधारसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित डार्सिज इन्टरनेसनल होटेलमा अपराह्न ३ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशतले हुन आउने बोनस सेयर र १.०५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) पारित हुनेछ।

सोही सभाले अन्य वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्ने र गराउन उपयुक्त देखिएमा सोसम्बनधी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही माघ ० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ  गतेसम्म कायम सेयरधनीहरुमात्र संस्थाले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।