काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज बोनस सेयरका लागि स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेका छ। 

नेप्सेले गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि स्वाभिमान लघुवित्त सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २ हजार ३३३ रुपैयाँ कायम गरेको हो। यसअघि यो लघुवित्तको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २ हजार ७९९ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाको आउँदो फागुन १३ गते हुने चौथो वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभाका लागि कम्पनीले आज माघ ३० गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो माघ २९ गतेसम्म कायम सेयरधनीहरुले यो लघुवित्तका लाभांश पाउने छन् भने सभामा भाग लिन पनि योग्य हुनेछन्।