काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न चौथो वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गरेको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) अनुमोदन गरेको छ। 

सभाले सञ्चालक समितिका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबाट प्रस्तुत गरिएको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ। 

रुपन्देहीको तिलोत्तमामा केन्द्रीय कार्यालय रहेको यो संस्थाले हाल ७ जिल्लामा २८ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ।