काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षमा सेयरधनीहरुलाई जारी गरेको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ।  

संस्थाले सेयरधनीहरुलाई वितरण गरेको २४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। 

संस्थाले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको २४ प्रतिशतले हुन आउने १ लाख ४८ हजार ४६६.४० कित्ता सेयर वितरण गरेको थियो। सोही सेयर आज नेप्सेमा सूचीकृत भएको हो।