काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने १ करोड ६१ लाख ४९ हजार ८५२.६३ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने १ करोड ५३ लाख ४२ हजार ३६० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशतले हुन आउने ८ लाख ७ हजार ४९२.६३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।