काठमाण्डौ । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७४ ७५ मा अघिल्लो आर्थिक वर्षको तुलनामा खूद नाफातर्फ ३१.१६ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वष २६ करोड ४१ लाखमा सीमित नाफालाई बढाएर कम्पनीले ३४ करोड ६४ लाखको उचाईमा पुर्याएको हो । 

यो लघुवित्तले ४१ करोड ८६ लाखमा सीमित संचालन मुनाफालाई बढाएर ५४ करोडको उचाई चुमाएको छ । 

कम्पनीको खूद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ९४ करोड ७८ लाखको उचाईमा रहेको यस्तो आम्दानी घटेर ८६ करोड ६७ लाखमा झरेको हो । 

समीक्षा अवधिमा स्वालम्बन लघुवित्तले ५ अर्ब ७६ करोड निक्षेप संकलन गरी तथा ३ अर्ब ८४ करोड सापटी लिई १० अर्ब १५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ४ अर्ब २३ करोड निक्षेप संकलन गरी तथा ४ अर्ब २ करोड सापटी लिई ८ अर्ब ६ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष ५७ करोड ९५ लाखमा सीमित जगेडाकोषको आकार बढाई ९२ करोड ५९ लाखको उचाईमा पुगेको छ । 

यो लघुवित्त निस्क्रिय कर्जा अनुपात भने बढेको छ । अघिल्लो वर्ष ०.७२ प्रतिशतमा सीमित यस्तो कर्जाको अनुपात बढेर १.०२ प्रतिशत पुगेको हो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६८.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०४.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.०१ गुणा कायम भएको छ ।