काठमाडौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा ५२.७९ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा ३० करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको संस्थाले समीक्षा अवधिमा १४ करोड २९ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको छ।
समीक्षा अवधिमा संस्थाले १ करोड ७४ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। गत वर्ष भने सञ्चालन मुनाफा ४८ करोड ५ लाख रुपैयाँ रहेको थियो।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी २६.२० प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ८१ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा संस्थाले १० अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ५६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ७२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार १.७४ प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष रिजर्भमा १ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ९४ करोड ३० लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २०.२१ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (ईपीएस) ९४.३१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २३७.१३ रुपैयाँ रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago