काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप केही साता नेपालका लागि चुनौतीपूर्ण हुने जनाएको छ। 

मन्त्रालयले सोमबार सूचना गर्दै आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको जनाएको हो। ‘अबका केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर कामहरू गर्नुपर्ने देखिन्छ’, सूचनामा उल्लेख छ, ‘निषेधाज्ञाको पूर्ण पालना भएको छैन, मानिसको आवतजावतमा ५९ प्रतिशतमात्र कमी भएको पाइएको छ।’

सरकारले बढी जोखिम रहेको भनेर सूचीकृत गरेको ठाउँमा समेत मानिसहरु खुलेआम हिँडिरहेको सूचनामा जनाइएको छ। ‘जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्न मन्त्रालय अनुरोध गर्दछ’, सूचनामा भनिएको छ। 

अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरू पूरा खटिँदा पनि जति संक्रमण घट्नुपर्ने हो त्यति नघटेको भन्दै मन्त्रालयले थप सतर्क रहन सुझाव छ। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि व्यक्ति, नागरिक समाज, संघसंस्था, गैरसरकारी क्षेत्र सबै सरकारसँग हातेमालो गरी अघि बढ्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ। 

स्वास्थ्य मन्त्रालयको सूचना-