काठमाण्डौ । कोभिड १९ का लागि स्वास्थ्य मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा नागरिकहरुले थामिनसक्नु गरी कल गरिरहेका पाइएको छ । 

विगत २४ घण्टामा कल सेन्टरमा देशभरबाट ५ हजार २३१ वटा कल आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यो तथ्य प्रस्तुत गरिएको हो । यसले देशबासीमा कोभिड १९ को संक्रमणको विषयमा कुन स्तरमा त्रास सिर्जना गरेको छ भन्ने देखिन्छ । 

सो क्रममा मन्त्रालयका अधिकारीहरुले हालसम्म टेकूस्थित केन्द्रीय प्रयोगशालाले ६१० नमूना परीक्षण गरेको र सो क्रममा २ वटा मात्र पोजिटिभ रिपोर्ट आएको प्रष्ट पारेका छन् । एउटा रिपोर्ट धेरै अगाडिको र एउटा हिजो सार्वजनिक भएको रहेको बताइएको छ । 

यसबाहेक हाल टेकूमा एकजना संक्रमित बाहेक १५ जना संक्रमणको आशंका गरिएका बिरामी रहेका छन् । तीमध्ये ५ जनालाई आइसोलेसनमा र १० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।