काठमाण्डौ । हंगेरी सरकारले नेपाल सरकारलाई कोभिडविरुद्ध  लड्न सहयोग पुर्याउने उद्देश्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको।

हंगेरी गणतन्त्रका राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई एक कार्यक्रमबीच ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। 

नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामग्रीले नेपालमा कोभिडविरुद्ध अग्रपंक्तिमा रही काम गर्ने व्यक्तिहरुका लागि सहयोगीसिद्ध हुने अपेक्षा राखेका छौँ।’