काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हकप्रद सेयर जारी गर्न लागेका दुई बिमा कम्पनीको सेयरमूल्य सोमबार समायोजन गरेको छ।
चुक्तापुँजी १ अर्ब पुर्याउन १०ः६ अर्थात ६० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेका प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य नेप्सेले समायोजन गरेको हो। समायोजनपछि प्रूडेन्सियल इन्स्योरेन्सको ४६७.५० रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ५६५.६३ रुपैयाँ कायम भएको छ। अब समायोजित मूल्यअनुसार नै दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ।
दुवै कम्पनीले हकप्रदका लागि आज (माघ २७ गते) एक दिनका लागि बुक क्लोज गरेका छन्। यसको मतलब हिजो (माघ २६ गते) सम्म यी कम्पनीका सेयरधनी कायम भएकाहरुमात्र हकप्रद खरिद गर्न योग्य हुनेछन्।
प्रूडेन्सियलले १०० रुपैयाँ दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर जारी गर्न लागेको छ।
हाल प्रूडेन्सियलको चुक्तापूँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको छ। ६० प्रतिशत हकप्रदपछि चुक्तापूँजी बढेर १ अर्ब २ करोड पुग्नेछ।
त्यस्तै एनएलजीले ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ। करिब ४ महिनाअघि सम्पन्न कम्पनीको विशेष साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीले १ अर्ब चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर जारी गर्न लागेको हो।
31 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago
13 hours ago