काठमाण्डौ । हकप्रद निष्कासनका लागि नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य बिहीबार समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल फाइनान्सले निष्कासन गर्न लागेको १ः१.२५ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार यो फाइनान्सको प्रतिकित्ता १८९ रुपैयाँ कायम भएको छ।

फाइनान्सले गत असोज १८ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएको थियो। अब कम्पनीले रु. १०० अंकित दरका रु. १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। 

हकप्रद निष्कासनका लागि कम्पनीले आज (कात्तिक ६ गते) एक दिनका लागि बुक क्लोज गरेको छ। यसको अर्थ नेप्सेमा कात्तिक ५ गतेसम्म कारोबार भई कात्तिक १४ गते ३ कार्य दिनभित्र यो कम्पनीको सेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेडमा प्राप्त सेयर नामसारीको लिखतका आधारमा सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरुले मात्र हकप्रद सेयर खरिदका लागि दरखास्त दिन योग्य हुनेछन्।