काठमाण्डौ । हकप्रद निष्कासनको स्वीकृति पाएको ङादी ग्रुप पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ५ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९३.८९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

कम्पनीको सञ्चालन मुनाफा बढेर १२ करोड ४९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ६ करोड ६९ लाख रुपैयाँमा सीमित थियो।

तेस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्रीको आम्दानी २९.३८ प्रतिशतले बढेर ९ करोड ७५ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७ करोड ५३ लाख रुपैयाँ भएको थियो। 

चुक्तापुँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर ६ करोड १७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ ४ करोड १६ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०.२७ रुपैयाँ, पीई रेसियो ५८.२५ गुणा र प्रतिसेयर नेटवर्थ १०८.७४ रुपैयाँ रहेको छ। 

यो कम्पनीलाई विद्युत नियमन आयोगले चुक्तापुँजीको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको छ।