काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशमा गरिएको लकडाउन हटाउने निर्णय चाँडै लिएमा घातक हुन सक्ने चेतावनी दिएको छ।
डब्लूएचओ प्रमुख टेड्रोस अडैनम गिब्रियेससले लकडाउन छिटो हटाउने विषयमा सबै देश सतर्क हुन आवश्यक रहेको बताएका हुन्। ‘विनातयारी लकडाउन हटाउन हतारो गर्दा परिणाम भयावह हुन सक्छ’, जेनेभास्थित एउटा न्युज कन्फ्रेन्समा उनले भने, ‘त्यसैले सोचविचार गरेर वा यो संक्रमण अवस्था हेरेरमात्र लकडाउन हटाउने निर्णय लिन सबैलाई आग्रह गर्न चाहन्छु।’
युरोपमा कोरोना महामारीले इटाली र स्पेन सबैभन्दा बढी प्रभावित छन्। यी दुई देश लकडाउन जारी तर प्रतिबन्धहरु खुकुला पारिएका छन्।
विश्वमा हालसम्म कोरोना संक्रमणबाट १ लाख बढीको ज्यान गइसकेको छ भने १६ लाखभन्दा बढी संक्रमित भइसकेका छन्।
आफूहरु विश्वभरका सरकारका साथ लकडाउनमा लगाइएको प्रतिबन्ध कम गर्ने रणनीतिमा काम गरिरहेको गिब्रियेससले बताए। ‘तर हतारमा लकडाउन पूर्ण रुपमा हटाउने निर्णय आफैँलाई घातक हुन सक्छ’, उनले भने, ‘यसले मानवीय क्षति झनै बढ्न सक्छ।’
33 minutes ago
43 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago