काठमाण्डौ । हवाईयात्रा गर्दा पहिले टिकट बुकिङ गर्नुपर्छ । यसको मतलब हवाई भाडा बुझाउनुपर्ने हुन्छ ।

हवाईयात्रा गर्नुअघि हामीले कहिले बुझ्ने कोसिस गरेका छौँ कि हवाईभाडामा कुन–कुन शीर्षकमा शुल्क लिन्छ ? प्रायः हामी बुझ्ने कोसिस गर्दैनौ । आउनुहोस् हवाई भाडामा जोडिने विविध शुल्क शीर्षकका विषयमा चर्चा गरौँ ।

अन्तर्राष्ट्रिय फ्लाइटमा हवाईभाडामा पहिलो कुरा त आधार भाडा (बेस फेयर) जोडिन्छ । यसबाहेक पनि थुप्रै किसिमका शुल्क समावेश गरिएका हुन्छन् । यी सबै शुल्क जोडेरमात्र एअरलाइन्स अन्तिम हवाई भाडा निर्धारण गरेको हुन्छ ।

एअर टिकटमा (इकोनोमी क्लास) मा एअर फेयर चार्ज, एअरलाइन फ्युल चार्ज, एभिएसन सेक्युरिटी चार्ज, सीयूटीई (कमनली युज्ड टर्मिनल इक्युप्मेन्ट) चार्ज, पेसेन्जर सर्भिस चार्ज, रिजनल कनेक्टिभिटी स्किम (आरसीएस) चार्ज, सिट चार्ज र जीएसटी चार्ज समावेश हुन्छ । सिट चार्ज भने कम्पनीको नियमअनुसार फरकफरक हुन्छ ।

सिट चार्ज वेब चेक इनको समयमा भुक्तानी गर्नुपर्ने हुन्छ । इकोनोमी क्लासमा जीएसटी ५ प्रतिशत र बिजनेस क्लासमा १२ प्रतिशत भुक्तानी गर्नुपर्छ । –एजेन्सी