– सिबी अधिकारी

काठमाण्डौ । दसैँको संघारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन। अघिल्ला वर्षहरुमा दसैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यसपटकको दसैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ। 

काठमाण्डौबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाण्डौ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन्। सामान्य अवस्थामा दसैँ आउने दुई साताअघि नै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो। अधिकतम भाडादरमा पनि टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपथ्र्यो, अहिले जहाजको भाडादर अति सस्तो ९गाडी भाडा बराबर० हुँदा पनि यात्रुको चाप छैन। नजिकिएको दसैँ लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन। एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ।

हवाई सेवा प्रदायक कम्पनीले भाडादर सस्तो हुँदा पनि यस पटक बुकिङ उत्साहबद्र्धक नभएको बताउछन्। आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीको बुकिङ अहिले उत्साहजनक छैन। भएका बुकिङ पनि काठमाण्डौबाट बाहिर जाने एकतर्फी मात्रै सामान्य छन्। 

बुद्धएयरका बजार निर्देशक रुपेश जोशीले नजिकिएको दसैँका लागि हवाई टिकट बुकिङ उत्साहजनक नरहेको बताए। उनका अनुसार काठमाण्डौबाट एकतर्फी बुकिङ सामान्य छ। 

फर्कदा आधाभन्दा पनि कम यात्रु हुन्छन्। यसपटक दसैँको एक÷दुई दिन अघि पनि यात्रुले सहजै टिकट पाउने निर्देशक जोशीले बताए।  बुद्धले अहिले दैनिक दुवैतर्फी गरी ६४ उडान गर्दै आएको छ।

सामान्य अवस्थामा दसैँका बेला विशेष गरी फूलपातीदेखि विजयदशीसम्मको १५ दिन अघि नै टिकट बुकिङ भइसक्थ्यो। यो पटक सस्तो भाडादर कायम गर्दा पनि यात्रुको आकर्षण बढेको छैन। यती एयरलाइन्सका यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले सधैँको बुकिङ पहिलाको जस्तो उत्साहबद्र्धक नभएको बताए। कोभिड महामारीका कारण यात्रुमा एकखालको त्रास रहेकाले हवाई भाडादर सस्तो हुँदा पनि बुकिङ राम्रो छैन। 

प्रवक्ता बर्तौलाका अनुसार तुम्लिङटारबाहेकका गन्तव्यममा सधैँका लागि सहजै टिकट पाइनेछ। यो गन्तव्यमा बुद्ध र यतीका सानो ३० सिट क्षमताका जहाजले उडान भर्ने हुँदा हरेक वर्ष अत्यधिक चाप हुने गरेको छ। यतीले दैनिक दुईतर्फी ३८ उडान गर्दै आएको छ। 

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि कोभिड महामारीले अस्तव्यस्त पारेका कारण दसैँका लागि बुकिङ सन्तोषजनक नभएको बताउँछन्। अहिले दसैँका लागि टिकट सहज र सस्तो भएको र एकतर्फी कुपेन्सी राम्रै रहेको उनले बताए। 

श्रीले पोखरा, सिमरा, जनकपुर, राजविराजबाहेक अन्य सबै गन्तव्यमा उडान गरिरहेको छ। 

वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले यसपटकको दसैँका लागि हवाई उडानमा उत्साहजनक नभएको बताए। उनका अनुसार अहिले उडिरहेकै जहाजमा पनि फूल अकुपेन्सी छैन।

सधैँको तीनरचार दिन दुईरचार उडान थपिने प्रवक्ता शर्माले बताए। भद्रपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी गन्तव्यमा दसैँका लागि केही उडान थपिनसक्ने उनको भनाइ छ। 

विगतका दसैँ, तिहार, छठलगायत चाडपर्वका बेला हवाई जहाजको टिकट पाउनै यात्रुलाई हम्मे पर्दथ्यो। कोभिड–१९ महामारीका कारण छ महिनापछि मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालनमा छ। राजधानी काठमाण्डौलगायत कतिपय जिल्लामा महामारी उच्च बिन्दुमा पुगेको छ। 

महामारीबाट जोखिन यस पटकको दसैँमा विगतकोजस्तो चहलपहल हुनेछैन। सोही कारण पनि हवाई क्षेत्रमा उत्साह छैन। सरकारले पनि दसैँ जहाँ जस्तो अवस्थामा रहेको त्यही मनाउन भीडभाड नगर्न आग्रह गरिरहेको छ। आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

-RSS