काठमाण्डौ । आफू मुख्य कम्पनीका हैसियतामा ५१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व रहने गरी सहायक कम्पनी खोलेमा २०० प्रतिशतसम्म हकप्रद सेयर निश्कासन गर्न पाउने बाटो खुलेको छ । 

विद्युत नियमन आयोगले विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निश्कासनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका २०७८ लागू गर्दै यस्तो व्यवस्था गरेको हो । 

यस्तै, आफू मुख्य कम्पनीको हौसियत हुने बाहेकका अन्य अनुमतिपत्र प्राप्त कम्पनीले निर्माण गरिरहेको वा गर्न गइरहेको आयोजनामा ५० प्रतिशतभन्दा कम सेयर लगानी गर्ने प्रयोजनका लागि हकप्रद निश्कासनको बाटो समेत खोलिदिएको छ । यसरी शेयर निश्कासन गर्दा उक्त आयोजनाको निर्माणको भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भएको हुनुपर्नेछ । यसरी निर्माणाधीन आयोजनाका लागि १ बराबर १ अर्थात सत्प्रतिशत हकप्रद निश्कासन गर्न सकिने आयोगले व्यवस्था लागू गरेको हो । 

यसरी आफ्नो सहायक कम्पनीबाट वा निर्माणाधाीन आयोजनाबाट हकप्रद निश्कास गर्दा अघिल्लो पटक निश्कासन गरिएको हकप्रद सेयरको रकम आयोजना निर्माणमा खर्च भइसकेको हुनुपर्ने व्यवस्था समेत गरिएको छ । 

निर्माणाधीन आयोजनाबाट हकप्रद निश्कासन गर्दा निर्माणको लागत काबुबाहिरको परिस्थितिका कारणले बढ्न गएको अवस्था हुनुपर्ने शर्त समेत तोकिएको छ । 

यसरी निर्माण लागत बढ्न गएमा स्वलगानीको भागमा हुन आउने रकमका लागि हकप्रद सेयर  निश्कासन गर्नसकिने व्यवस्था समेत गरिएको छ । निर्माणाधीन आयोजनाको हकप्रद निश्कासन गर्दा त्यस्ताको भौतिक प्रगति ८० प्रतिशत भएको हुनुपर्नेछ । 

आयोगले गरेको नीतिगत व्यवस्था यस्तो छः