काठमाण्डौ । समस्याग्रस्त अरुण फाइनान्सलाई सुधारेर हाथ्वे समूहले बनाएको हाथ्वे फाइनान्सलाई ग्लोबल आइएमई बैंकले आफूमा बिलय गर्ने भएको छ । 

यी दुई संस्थाबीच बिहीबार साँझ ६ बजे प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । 

सम्झौतामा ग्लोबल आईएमई बैंकका सञ्चालक तथा मर्जर समिति संयोजक सुदर्शनकृष्ण श्रेष्ठ र हाथवे फाइनान्सका सञ्चालक एवं मर्जर समितिका संयोजक नवराज नेपालले हस्ताक्षर गरेका छन् । 

ग्लोबल आइएमई बैंकले हाथ्वेलाई गाभ्दा कायम हुने सेयर स्वाप अनुपात डिडिए रिपोर्ट अनुसार हुने समेत सम्झौतामा उल्लेख गरिएको छ । 

हाल ग्लोबल आईएमई बैंकको चुक्तापूँजी १० अर्ब ३१ करोड रुपैंया छ । हाथ्वे फाइनान्स गाभिएपछि बैंकको चुक्तापूँजी १० अर्ब ६१ करोडको उचाईमा पुग्ने छ । 

ग्लोबल आइएमई बैंक चन्द्र ढकाल नेतृत्वको आइएमई समूहले संचालन गरेको वाणिज्य बैंक हो भने हाथ्वे फाइनान्समा समेत यही समूहको लगानी छ ।