काठमाण्डौ । कोरोनाभाइरसको कारण देखाउदै हायात होटलले आफ्नो सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । 

होटलले २० मार्चको मध्य रातिदेखि लागू हुने गरी २१ अप्रिल सम्म होटल पूर्ण रुपमा बन्द रहने जनाएको छ । 

ग्राहकको स्वास्थ्य र सुुुरुक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको जनाउँदै बन्द गर्ने निर्णय लिएको होटल व्यवस्थापनले बताएको छ । 

होटल असोसिएसन अफ नेपालका महासचिव साजन शाक्यले अरु होटल पनि बन्द हुुन सक्ने बताए । ‘अन्य होटल पनि बन्द हुँदैछन् । आधिकारीक जानकारी आउन बाँकी छ । भोलिसम्म प्रतिक्षा गर्नुस ।’ उनले भने ।

यतिबेला पर्यटकको अभावले गर्दा नेपालको पर्यटन व्यवसाय धरासायी बनेको छ । यसको प्रत्यक्ष असर होटल व्यपसायमा परेको छ । होटलको अकुुपेन्सी दरमा आएको संकुुचन र मासिक पौनै दुुई अर्बको घाटा व्यहोर्न नसक्दा नेपाली होटलहरु बन्द हुुने अवस्थामा पुगेका हुन् । 

सरकारले हिजो मात्रै अत्यिधक भिडभाड हुुने डान्सबार, जिम हाउस, रंगशाला ,सांस्कृतिक केन्द्धहरु, धार्मिक स्थलहरु र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढि भेला हुुन नपाउने निर्णय गरेको थियो ।

यस्तै सार्वजनिक सवारीसाधनलाई पनि सिट क्षमताभन्दा बढी यात्रुु नबोक्न निर्देशन दिएको छ । सर्वसाधारणलाई समेत अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सुुझाव दिएको छ ।