काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंसिर १८ गते एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने पाचौँ योजना ‘एनआईबिएल ग्रोथ फन्ड’ सञ्चालन गर्ने अनुमति दिएको छ।
नेपाल इन्भेस्टमेन्ट कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनाको आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहेको छ। योसँगै अहिलेसम्मकै सबैभन्दा ठूलो म्युचुअल फन्ड योजनाको सार्वजनिक निष्कासन गर्ने म्युचुअल फन्ड योजना हुनेछ।
उक्त अवधिभर यस योजनाले वार्षिक प्रतिफलका रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाइधनीलाई दिनसक्ने प्रक्षेपणसमेत गरेको छ।
यस योजनाका इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भई योजनाको समयावधिसम्म दोस्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ।
एनआईबिएल म्युचुअल फन्डअन्तर्गत यसअघि नै ३ वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजनासमेत सञ्चालनमा छन्। ‘एनआईबिएल समृद्धि फन्ड–१’ आफ्नो ७ वर्षे समयावधि पूूरा भई परिपक्क भइसकेको र उक्त योजनाले वार्षिक १८ प्रतिशत औसत प्रतिफलसमेत वितरण गरिसकेको छ।
त्यस्तै अन्य दुई बन्दमुखी योजना एनआईबिएल प्रगति फन्ड र एनआईबिएल समृद्धि फन्ड–२ समेत सञ्चालनमा रहेका छन्।
यसका साथै नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फन्ड’ पनि यसै म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेको छ। यस योजनाले समेत हालसम्म कुल ६५.४५ प्रतिशत लाभांश वितरण गरी वार्षिक २२ प्रतिशत औसत प्रतिफलसमेत कायम राख्न सफल रहेको छ।
एनआईबिएल म्युचुअल फन्डअन्तर्गतका योजनाको इकाइधनीहरुले समुचित प्रतिफल वार्षिक रुपमा प्राप्त गर्दै आइरहेका छन्।
11 minutes ago
21 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago