काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९का लागि हालसम्म लगभग दुई दर्जन लघुवित्त संस्थाले लाभांश घोषणा गरिसकेका छन्।
नेप्सेमा सूचीकृतमध्ये २२ वटा लघुवित्त संस्थाहरुले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन्। जसमा लघुवित्त संस्थाहरुको लाभांश न्यूनतम ४ प्रतिशतदेखि अधिकतममा ७९ प्रतिशतसम्म देखिएको छ।
घोषित लाभांशमा सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्तको देखिएको छ। यो लघुवित्तले ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.८४ प्रतिशत नगद लाभांश गरी कुल ७८.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
यसैगरी महिला लघुवित्तले पनि कुल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश छन्।
आँधिखोला र सिवाईसी लघुवित्तले पनि समान ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्। फरवार्डले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
लघुवित्त संस्थामध्ये १३ वटा २० प्रतिशतदेखि २७.३७ प्रतिशतसम्म लाभांश प्रस्ताव गरेका छन् भने १० प्रतिशतदेखि १५.७९ प्रतिशत ३ वटा लघुवित्तले लाभांश प्रस्ताव गरेका छन्।
अहिलेसम्म सबैभन्दा कम लाभांश घोषणा गर्नेमा गुराँस लघुवित्त देखिएको छ। यो लघुवित्तले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
लाभांश घोषणा गरेकामध्ये ७ वटा लघुवित्तको वार्षिक साधारणसभा भइसकेको छ भने अन्य हुन बाँकी छ।
वार्षिक साधारणसभा सम्पन्न गर्नेमा फर्स्ट माइक्रोफाइनान्स, आरएसडीसी, फरवार्ड, सिवाईसी, गुराँस र साधना र मिर्मिरे छन्। अन्य लघुवित्तले चैत मसान्तसम्म वार्षिक साधारणसभा आयोजना गर्ने जनाएका छन्।
कुन लघुवित्तको लाभांश कति ?
27 minutes ago
37 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago