काठमाण्डौ । गत मंसिर ४ मा एकैचरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य आज पनि जारी रहेको छ।

अहिलेसम्म प्रतिनिधिसभातर्फ २८ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै क्षेत्रमा कांग्रेसले जितेको छ। कांग्रेसले १३ क्षेत्रमा जित निकालिसकेको छ। 

त्यस्तै एमाले जितको हिसाबले दोस्रो स्थानमा छ। उसले ५ स्थानमा विजयी हासिल गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ। माओवादी केन्द्रले २ क्षेत्रमा जित निकाल्दा नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रले १–१ ठाउँमा विजयी हासिल गरेका छन्। 

कहाँ कसको जित ? 

कांग्रेस

  • मनाङ– टेकबहादुर गुरूङ
  • मुस्ताङः योगेश गौचन
  • काठमाण्डौ–१ः प्रकाशमान सिंह
  • काठमाण्डौ–३ सन्तोष चालिसे
  • काठमाण्डौ–४ः गगन थापा
  • काठमाण्डौ–५ः प्रदीप पौडेल
  • काठमाण्डौ–१०ः राजन केसी
  • ललितपुर–१ः उदयशमशेर राणा
  • तनहुँ–२ः शंकर भण्डारी
  • पर्सा–४ः रमेश रिजाल
  • डडेल्धुराः शेरबहादुर देउवा
  • रसुवाः मोहन आचार्य
  • सुर्खेत–२ः हृदयराम थानी

एमाले

  • काठमाण्डौ–९ः कृष्णगोपाल श्रेष्ठ
  • ललितपुर–२ः प्रेमबहादुर महर्जन
  • गुल्मी–२ः गोकर्ण बिष्ट
  • उदयपुर–२ः डम्बरबहादुर रायमाझी
  • ताप्लेजुङः योगेश भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिह्न)

  • काठमाण्डौ–२ : सोविता गौतम
  • काठमाण्डौ–७ः गणेश पराजुली
  • काठमाण्डौ–६ः शिशिर खनाल
  • काठमाण्डौ–८ः विराजभक्त श्रेष्ठ

माओवादी केन्द्र

  • सिन्धुली–२ः लेखनाथ दाहाल
  • रुकुमपूर्वः पूर्णबहादुर घर्ती

नेकपा एस

  • अछाम–२ः शेरबहादुर कुँवर

राष्ट्रिय प्रजातन्त्र पार्टी

  • बाँके–२ः धवलशमशेर राणा

नागरिक उन्मुक्ति पार्टी

  • कैलाली–३ः गंगाराम चौधरी

स्वतन्त्र

  • बर्दिया–२ः लालवीर चौधरी
  •