काठमाण्डौ । नेप्सेमा सूचीकृत २६ वटा वाणिज्य बैंकहरुले १३ वटाले मात्र हालसम्म गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेका छन्।

कोरोना कहलबीच हालसम्म सबैभन्दा बढी लाभांश दिनेमा एनआईसी एसिया र हिमालयन बैंक अगाडि देखिएका छन्। यी दुवै बैंकको कुल २० प्रतिशत लाभांश छन्।

एनआईसी एसियाको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश रहेको छ भने हिमालयन बैंकको १४ प्रतिशत बोनस र ६ प्रतिशत लाभांश रहेको छ।

यसैगरी बैंक अफ काठमाण्डू (बीओके) र ग्लोबल आईएमई बैंक दुवैले समान १६ प्रतिशत लाभांश दिने भएका छन्। बीओकेको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश रहेको छ भने ग्लोबल आईएमईको १४ प्रतिशत बोनस र २ प्रतिशत नगद रहेको छ।

कुमारी बैंकले गत आर्थिक वर्षका लागि १४ प्रतिशत लाभांश दिँदैछ । जसमा १०.८५ प्रतिशत बोनस र ३.१५ प्रतिशत नगद रहेको छ। सानिमा बैंकले पनि १० प्रतिशत बोनस र ३.६० प्रतिशत नगद गरी कुल १३.६० प्रतिशत लाभांश बाँँड्ने भएका छन्।

त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले कुल ११.८४ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ७ प्रतिशत बोनस र ४.८४ नगद लाभांश रहेको छ।

सिटिजन्स बैंकले ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

यसैगरी एभरेस्ट बैंकले कुल १०.५३ र माछापुच्छ्रे बैंकले १०.४० प्रतिशत लाभांश बाँड्ने घोषणा गरेका छन्। एभरेस्टले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद तथा माछापुच्छ्रेले७.०३ बोनस र ३.३७ नगद बाँड्ने निर्णय गरेको छ। 

गत आर्थिक वर्षका लागि १० प्रतिशतभन्दा कम लाभांश बाँड्ने प्रस्ताव गर्नेमा नेपाल बंगलादेश बैंक, सनराइज बैंक र नेपाल एसबीआई बैंक रहेका छन्। नेपाल बंगलादेश बैंकले ६ प्रतिशत बोनस र २.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको छ।

उता सनराइजले ५.८० प्रतिशत बोनस र २.४८ प्रतिशत नगद गरी कुल ८.२८ प्रतिशत लाभांश र नेपाल एसबीआई बैंकले ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद गरी ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।