काठमाण्डौ । हिमालयन क्यापिटल र सिभिल क्यापिटल मार्केटले एकैदिन वार्षिक साधारणसभा डाकेका छन्।
हिमालयनले १६औँ र सिभिलले १५औँ वार्षिक साधारणसभा एकैदिन असोज २६ गते आयोजना गर्ने भएका हुन्। हिमालयनको काठमाण्डौको ठमेलस्थित रजिस्टर्ड कार्यालयमा र सिभिलको काठमाण्डौको सीटीसी महलमा क्रमशः बिहान ११ बजे र मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।
हिमालयनको सभाले सिभिललाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। प्राप्तिपश्चात प्रबन्धपत्र तथा नियमावलीमा संशोधनलगायतका कार्य गर्न गराउनसञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले स्वतन्त्र तथा महिला सञ्चालक पुनः नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ।
हिमालयन र सिभिलको सभाले आर्थिक वर्ष २०७९–८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
21 minutes ago
31 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago