काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बिहीबार मर्जर सम्झौता भएको छ। 

हिमालयन जनरल र एभरेष्टबीच बिहीबार १ः१ सेयर स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो। यी दुवै कम्पनी मर्जरमा जान लाग्नुको प्रमुख कारण पुँजीवृद्धि योजना नै हो। 

बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ। हाल जीवन बीमा कम्पनीहरुको २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको १ अर्ब रुपैयाँमात्रै चुक्तापुँजी रहेको छ। पुँजीवृद्धिका लागि समितिले १ वर्षको समय दिएको छ। 

मर्जर भएपछि पनि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँमात्रै पुग्ने छ। अहिले हिमालयन जनरलको चुक्तापुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ। चालु आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर दिएपछि तोकिएको पुँजी पुग्नेछ।