काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीले खुद नाफा १.३३ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीको उत्पादन बिक्रीबापतको आम्दानी १६.५३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म उत्पादन बिक्रीबाट ६ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिसम्म बढेर ७ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको सञ्चालक मुनाफा थोरै घटेर १ अर्ब ४६ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो।
चुक्तापुँजी १ अर्ब ५१ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार १६.५० प्रतिशतले बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब १३ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ६९.५० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ६८.५८ रुपैयाँ थियो। पीई रेसियो ४९.०७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १८७.२२ रुपैयाँ रहेको छ।
35 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago