काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा १ करोड ९७ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा हिमालयन जनरल इन्स्योरेन्सले १० करोड ४९ लाख बिमा शुल्कबाट खूद आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ८ करोड २२ लाखमा सीमित थियो । 

यो कम्पनीको पुनर्बिमा कमिसनबाट हुने आय भने घटेको छ । अघिल्लो वर्ष ३ करोड ४२ लाख रहेको यस्तो आम्दानी घटेर यो वर्ष २ करोड १८ लाखमा सीमित भएको छ । लगानी, कर्जा तथा अन्यबाट हुने आय भने बढेको छ । अघिल्लो वर्ष यस्तो आय ६७ लाख रहेकोमा यो वर्ष बबढेर १ करोड ९५ लाखको उचाईमा पुुगेको छ । 

कम्पनीले समीक्षा अवधिमा ३ करोड ११ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो दाबीभुक्तानी २ करोड ९० लाखमा सीमित थियो । 

अघिल्लो वर्षको यही अवधिमा जारी बिमालेखको संख्या ६ हजार ६ सय ४ रहेकोमा यो वर्ष बढेर ९ हजार ९ सय ३३ पुुगेको छ । 

यो कम्पनीले बिमा कोषलाई थप मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २७ करोड ५१ लख रुपैयाँ रहेको यस्तो कोषमा समीक्षा अवधिसम्म ३४ करोड २१ लाख जम्मा भएको छ । तर, जगेडाकोष भने केही घटेको छ । अघिल्लो वर्षको यही अवधिमा १३ करोड ९५ लाख रुपैयाँ रहेको जगेडाकोष खुम्चिएर यो वर्ष १२ करोड ५ लाखमा सीमित बन्न पुुगेको छ । 

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी २.१९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४२.७६ गुणा कायम भएको छ ।