काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.१२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले २१ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट १ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा उत्पादन बिक्रीबाट १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले आम्दानी १२.२९ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा २.४४ प्रतिशतले बढेर ३० करोड ३७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा २९ करोड ६५ लाख रुपैयाँ थियो।
चुक्तापुँजी १ अर्ब ५१ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार १४.४८ प्रतिशतले बढेर १ अर्ब ५४ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ५६.८४ रुपैयाँ भएको छ। गत वर्ष ईपीएस ५५.६६ रुपैयाँ थियो। पीई रेसियो ६० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २०१.६४ रुपैयाँ रहेको छ।
9 hours ago
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago