काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको पुस १६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रुपैयाँको कुल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २.७५ प्रतिशतले हुन आउने ६ करोड १५ लाख ९८ हजार ३०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.१४ प्रतिशतले हुन आउने ३२ लाख ४२ हजार १६ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।