काठमाण्डौ । हिमालयन डिस्टीलरीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा ५१ करोड ४९ लाख खूद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको यही अवधिको तुलनामा कम्पनीको मुनाफा ७५.४५ प्रतिशतले बढेको हो । 

समीक्षा अवधिमा यो कम्पनीको चुक्तापूँजी ३८ करोड ५६ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजीभन्दा करिब १३ करोड बढी कम्पनीले नाफा आर्जन गर्ने सफलता पाएको हो । 

अघिल्लो वर्षको यही अवधिमा ४९ करोड १ लाख रिटेन अर्निङ मा ८८.४८ प्रतिशतले छलाङ मारी समीक्षा  अवधिमा ९२ करोड ३९ लाखको उचाईमा पुगेको छ । 

आफ्ना उत्पादन बिक्रीबाट कम्पनीले २ अर्ब ९२ करोड आम्दानी गरेको छ भने बिक्री खर्च १ अर्ब ६१ करोड रहेको छ । कम्पनीको ग्रस प्रफिट १ अर्ब ३० करोड रहेको छ । यस्तो प्रफिट अघिल्लो वर्षको यही अवधिमा ९९ करोड ८२ लाख रुपैयाँमा सीमित थियो । 

अघिल्लो वर्ष ५० करोड ४३ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ८५ करोड १२ लाखको उचाईमा पुगेको छ । 

अघिल्लो वर्षको यही अवधिको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानीमा ७५.४६ प्रतिशतको बढोत्तरी भई १३३.५३ रुपैयाँको उचाईमा पुगेको छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २५०.११ रुपैयाँ, प्रतिसेयर खूद सम्पत्ति मूल्य ३०८.१६ रुपैयाँ,पीई अनुपात १२.५१ गुणा र तरलता अनुपात २.४५ प्रतिशत रहेको छ ।