काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ९२.१७ प्रतिशतले बढाउन सफल भएको छ।

कम्पनीको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १८ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ९ करोड ७५ लाख रुपैयाँमा सीमित थियो। 

प्रथम त्रैमासमा कम्पनीले उत्पादन बिक्रीबाट ६२ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५३.४९ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले उत्पादन बिक्रीबाट ४० करोड ६१ लाख रुपैयाँ आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले सञ्चालन मुनाफाबापत २६ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा १४ करोड ८७ लाख रुपैयाँमा सीमित थियो। 

कम्पनीको रिजर्भको आकार ८६ करोड २७ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा रिजर्भको आकार ७० करोड २५ लाख रुपैयाँको थियो।

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १२९.६३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १३.९५ गुणा र प्रतिसेयर नेटवर्थ २४९.१४ रुपैयाँ रहेको छ।