काठमाण्डौ । कोभिड महामारीबीच पनि हिमालयन डिस्टिलरी लिमिटेडको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले खुद नाफा १२२.९० प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ४६ करोड ६७ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिसम्म कम्पनीको उत्पादन बिक्री रकम पनि ३६.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कुल बिक्री रकम ४ अर्ब ७६ करोड रुपैयाँ रहेकोमा समीक्षा वर्षसम्म बढेर ६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
यो अवधिमा कम्पनीको वित्तीय खर्च र प्रशासनिक खर्च क्रमशः ४३.१३ प्रतिशत र २३.५७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ३ करोड २ लाख रुपैयाँ रहेको वित्तीय खर्च घटेर १ करोड ७२ लाख रुपैयाँमा र प्रशासनिक खर्च १४ करोड ६८ लाख रुपैयाँबाट घटेर ११ करोड २२ लाख रुपैयाँमा झरेको छ।
चुक्तापुँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ६८.५९ प्रतिशतले बढेर १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ६७ करोड ३९ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८०.७२ रुपैयाँले बढेर ११९.९४ रुपैयाँ पुगेको छ। पीई रेसियो ४५.९६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २३०.९५ रुपैयाँ रहेको छ।
17 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago