काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा (एजीएम) डोकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ठमेलस्थित होटेल अलफ्टमा अपराह्न ५ बजेबाट सुरु हुनेछ।

सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। 

सभाले सञ्चालकहरुको निर्वाचन र नियुक्ति अनुमोदन गर्नेछ। प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेज पनि छलफल गरी सभाले पारित गर्नेछ।