काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसअनुसार कम्पनीले ७५ प्रतिशतले हुन आउने ६५ करोड ७ लाख ७६ हजार ७८१.२५ रुपैयाँबराबरको बोनस सेयर र २५ प्रतिशतले हुन आउने २१ करोड ६९ लाख २५ हजार ५९३.७५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ।
यसैबीच सोही बैठकले आफ्नो २१ औँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ।
सभा यही पुस २८ गते पर्साको वीरगन्ज–२१ स्थित लिपनिविर्तामा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।
सोही सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गरेपछि कार्यान्वयनमा आउनेछ।
सभाले हालको कम्पनीको अधिकृत पुँजी ९० करोड रुपैयाँबाट १ करोड ६० लाख रुपैयाँ र चुक्तापुँजी ८६ करोड ७७ लाख २ हजार ३७५ रुपैयाँलाई वृद्धि गरी १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार १५६.२५ हुने हुनाले सोअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले कम्पनीको नाममा दर्ता कायम रहेको blue Oak नामक ट्रेडमार्क प्रयोग गरी अन्य उद्योगबाट समेत उत्पादन तथा बिक्रीवितरण गर्ने सम्झौता स्वीकृत गर्नेछ ।
सभाले सञ्चालन समितिमा रहने जम्मा ५ जना सञ्चालक सदस्यको निर्वाचनद्वारा चयन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु अनुमोदन गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
13 hours ago
15 hours ago
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago