काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको नाफा घटेको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार तेस्रो त्रैमासमा कम्पनीको नाफा ७८.५४ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा ४२ लाख ४६ हजार खुद नाफा रहेकोमा समीक्षा अवधिमा घटेर ९ लाख ११ हजार रुपैयाँमा सीमित बनेको हो।
समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी पनि घटेर १० लाख २८ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीको अन्य आम्दानी ५५ लाख ६ हजार रुपैयाँमा रहेको थियो।
कम्पनीको रिजर्भ ७५ लाख ५५ हजार रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिजर्भ ८५ लाख ७९ हजार रुपैयाँले ऋणात्मक थियो।
चुक्तापुँजी ९९ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९९.२४ रुपैयाँ रहेको छ।
व्यावसायिक योजनाअनुरुप नै कार्यहरु भइरहेको कम्पनीले जनाएको छ। नयाँ जलविद्युत आयोजनाहरु निर्माण गर्ने पूर्वतयारी भइरहेको पनि कम्पनीको भनाइ छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago