काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक ५ जना निर्वाचित भएका छन्। 

कम्पनीको गत भदौ १९ गतेसम्म वार्षिक साधारणसभाबाट आगामी ४ वर्षका लागि संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक चयन भएका हुन्। 

संस्थापक समूहबाट रञ्जना दाहाल, जितेन्द्र श्रेष्ठ र राजन श्रेष्ठ चयन भएका छन्। सर्वसाधारण समूहबाट विनोद बालाखे र श्यामनाथ कायस्थ निर्वाचित भएका छन्।