काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आइतबार कम्पनी र क्यापिटलबीच सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावरका अध्यक्ष रन्जना दाहाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्। 

ंंंंकाठमाण्डौमा रजिस्टर्ड कार्यालय रहेको हिमाल दोलखा हाइड्रोपावरको हालको चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको प्रतिसेयर अंकित रु. १०० को दरले १ कित्ता सेयरको ०.७५ प्रतिशतको अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। 

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका–९ र १० मा माईखोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका–९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइड्रोपावर सञ्चालन गरेको छ।