काठमाण्डौ । बुधबार राजधानीमा एक कार्यक्रम गरी भारतीय सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पबाट उत्पादित मेटल बडी स्कूटर डूएट सार्वजनिक गरिएको छ । 

सो कार्यक्रमसँगै डूएट नेपाली बजारमा बिक्रीका लागि खुल्ला गरिएको हिरो मोटोकर्पको नेपालस्थित आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिंगले जनाएको छ । कम्पनीका अनुसार डूएट १११ सीसी इञ्जिन क्षमताको स्कूटर निकै बलियो र टिकाउ मेटल बढी रहेको छ । डिजाइन समेत निकै आकर्षक भएकोले यसले नेपाली ग्राहकलाई तान्ने विश्वास गरिएको छ । 

यो नयाँ र सुविधाजनक स्कूटरमा अन्यमा जस्तो तेल हाल्न सिट खोल्नुपर्ने बाध्यता छैन । डूएटमा बाहिरबाटै तेल हाल्ने सुविधा दिइएको छ । यो स्कूटरको सिटभित्र मोबाइल चार्जिङ पोर्ट, सिट तथा तेल हाल्ने ठाउँ खोल्न रिमोट, बुट लाइट, सर्भिसिङ बाँकी रहेको सम्झाउने इन्डिकेटर लगायतका सुविधा जडान गरिएको छ । डूएटमा इन्टिग्रेटेड ब्रेकिङ सिष्टम, ट्वीन पार्किङ ल्याम्प लगायतका केही फरक सुविधा समेत समेटिएका छन् । कम्पनीका अनुसार टेलिस्कोपिक फ्रन्ट सस्पेन्सनयुक्त प्रविधि समेत स्कूटरमा उपलब्ध छ ।

हाल डूएट स्कूटर नेपाल अधिराज्यभरि विभिन्न ६ वटा रंगमा उपलब्ध हुने बताइएको छ । कम्पनीका अनुसार भर्नियर ग्रे, ग्रेस ग्रे, नेचर ग्रिन, ब्लेजिङ रेड, पर्ल सिल्भर ह्वाइटमा स्कूटर उपलब्ध छ ।

हिरोको नयाँ फिचर्ससहितको डूएट स्कूटरको मूल्य नेपालमा एक लाख ७१ हजार ५ सय रुपैयाँ पर्नेछ । यो स्कूटर किन्दा ९ पटक निःशुल्क सर्भिसिंगको सुविधा, इञ्जिन आयलमा ३० प्रतिशत छुट, स्पेयर्स पार्टसमा ७ प्रतिशत छुट, निःशुल्क हेल्मेटको सुविधा उपलब्ध गराइनेछ । ५ वर्षको वारेन्टी समेत दिइने स्कूटी खरीदका लागि निकै सहज र सरल फाइनान्सको सुविधा समेत कम्पनीले उपलब्ध गराउनेछ ।