काठमाण्डौ । हिरो मोटोकर्प (विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल र स्कुटरको निर्माता) ले स्थापनाको १० औं वर्ष पूरा गरेको छ। 

यस अवसरमा नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले  ग्राहकका लागि विशेष योजना ल्याएको छ। यस योजनाअन्तर्गत हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार रुपैयाँ छुट उपलब्ध गरिएको कम्पनीले जनाएको छ। 

यसैगरी ग्राहकले सर्भिसिङमा ५०% छुट साथै स्पेयर पार्टसमा १०% छुट र वासिङ फ्री पाउने कम्पनीले जनाएको छ। 

यो योजना यही साउन २५ गतेसम्म लागू रहने बताइएको छ। 

हिरो मोटरसाइकल तथा स्कुटरप्रति विश्वास गर्दै नेपालमा सफलतापर्वक स्थापित गरिदिने सम्पूर्ण ग्राहक तथा शुभचिन्तकप्रति नेपाल जनरल मार्केटिङले हार्दिक आभार प्रकट गरेको छ।