काठमाण्डौ। नेपालमा स्कुटर समूहमा आफ्नो उपस्थिति बलियो बनाउन तथा नेपाली ग्राहकका लागि नवीनतम प्रविधि उपलब्ध गराउने प्रतिबद्धताबमोजिम विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ।

‘कनेक्ट’ सम्पर्क सञ्जालयुक्त स्टाइलिस माएस्ट्रो एज ११० विशेषगरी नेपालका ग्राहकका लागि उपयुक्त डिजाइन छ। यस स्कुटरले युवालाई ध्यानमा राख्दै उन्नत सौन्दर्य र आधुनिक प्रविधिको मेलमिलाप गरेको छ। 

नयाँ माएस्ट्रो एज ११० मा यस वर्गकै पहिलो फर्स्ट इन सेग्मेन्ट एलईडी प्रोजेक्टर हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर, आईथ्रीएस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न–बाइ–टर्न नेभिगेसन सहित नयाँ शार्पर डिजाइन छ।

माएस्ट्रो एज रु.२ लाख १५ हजारको आकर्षक मूल्यमा देशभर उपलब्ध हुनेछ।

हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले सार्वजनिकीकरणका अवसरमा भने, ‘ग्राहकलाई केन्द्रविन्दुमा राखेर नेपालमा हामी ग्राहकहरूलाई नवीनतम प्रविधि र डिजाइनसहितको बढी सान्दर्भिक उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं। नयाँ माएस्ट्रो एज ११० ले युवालाई उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिज्ञासँग मेल राख्छ। हामी नेपालमा अझ बढी रोमान्चक उत्पादनहरू भित्र्याई रहनेछौँ र यहाँका ग्राहकलाई हिरो मोटोकर्पको विश्वस्तरीय उत्पादन तथा सेवा उपलब्ध गराइरहने छौँ।”

नेपालमा हिरो मोटोकर्पको एकमात्र वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम)े रहेको छ। यस कम्पनीले ७५ डिलर, ८७ सर्भिस सेन्टर र ९० स्पेयर पार्ट आउटलेटसहित देशभरका ९० वटा बिक्री केन्द्रमार्फत आफ्ना ग्राहकलाई सेवा प्रवाह गर्दै आएको छ।