काठमाण्डौ । हुण्डाई गाडीको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रालिले संचालन गरेको रोड टू रसिया अन्तर्गत फिफा वल्र्ड कप २०१८ को फाइनल खेलका लागि टिकेट विजेताको घोषणा गरेको छ । 

काठमाण्डौको थापाथलीमा अवस्थित हुण्डाई सोरुममा लक्की ड्र कार्यक्रम गरी विजेता छनौट  गरिएको हो । जसमा कन्ज्युमर आई नेपालका अध्यक्ष बिमला खनाल प्रमुख अतिथि थिइन् । सो लक्की ड्रमार्फत् हालका हुण्डाई गाडीका धनीहरुमध्ये रानीपौवा, पोखरा निवासी अनिसा गुरुङ र पोखरा निवासी लालबहादुर गुरुङ विजेता भएका छन् भने नयाँ ग्राहकहरुमध्ये भरतपुर, ५ चितवनका बिनोदकुमार भट्ट र दमक निवासी गोपाल अग्रवाल भाग्यमानी ठहरिए । यसका साथै यस योजनामा हरेक हुण्डाईको खरीदमा सामसंगको ४३ देखि ५५ इञ्चसम्मको एलइडी स्मार्ट टेलिभिजन समेत पक्का पुरस्कारको रुपमा प्रदान गरिएको थियो । 

अन्तर्राष्ट्रिय फुटबलका फ्यानहरुलाई हुण्डाईको यस योजनाले विश्वकै सबैभन्दा रोमाञ्चक र प्रख्यात म्याच, २०१८ फिफा वल्र्ड कप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गरेको छ । विजेताले हवाईटिकेट र बसाई खर्चको विशेष भ्रमण प्याकेजको साथ जीवनमै एक पटक अनुभव गर्नसकिने विशिष्ट अनुभूति हासिल गर्ने कम्पनीको दाबी छ ।